नयाँ बन्ने सरकारमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृह र नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन्।
प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा श्रेष्ठ उपप्रधानसहित गृह र पौडेल अर्थमन्त्री बन्ने भएका हुन्।श्रेष्ठलाई प्रचण्डले परराष्ट्र मन्त्रालयको जिम्मेदवारी सम्हाल्न प्रस्ताव गरेका थिए।
तर, उनले यो प्रस्ताव अस्वीकार गरेपछि गृह मन्त्रालयको जिम्मेदवारी दिन लागिएको हो। श्रेष्ठले गृह वा अर्थमध्ये एकमा दाबी गरेका थिए। श्रेष्ठ र पौडेलले आजै अपराह्न ४ बजे प्रधानमन्त्री प्रचण्डसँगै सपथ लिने भएका छन्।
पौडेल एमालेको नेतृत्व गर्दै सरकारमा सहभागी हुँदैछन्।एमालेसहित सातदलीय गठबन्धनले अन्य मन्त्रालयको विषयमा टुंगो लगाएको छैन।
यो गठबन्धनमा माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन्।