बसको ठक्करबाट एक जना स्नातक तहमा अध्यनरत विद्यार्थीको मृत्यु भएको छ । आज बिहान पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको सुडामा ना७ख ६५२१ नम्बरको बसले साइकलयात्री विद्यार्थीलाई कञ्चनपुरमा ठक्कर दिएको थियो ।
बसको ठक्करबाट बेदकोट नगरपालिका ६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार महेन्द्रनगरबाट दार्चुला गइरहेको बसले ठक्कर दिएको हो ।
दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्या मन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्थे । घर सिसैयाबाट साइकलमार्फत कलेज आइरहेका उनी दुर्घटनामा परेका थिए ।
घटनाको विरोधमा आक्रोशित स्थानीयवासीले अहिले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन् । प्रहरीले आवागमन सहज बनाउने प्रयास गरिरहेको छ । बसचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।