बाँके : बाँके जिल्लामा सोमबार बिहानैदेखि मतगणना सुरु भएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं ३ बाँकेबाट भएको मतगणनामा नेकपा (एमाले)का किस्मत कक्षपतिले १ हजार २४८ मत प्राप्त गरे भने नेपाली काँग्रेसका किशोरसिंह राठौरले ४०० मत प्राप्त गरे ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका रवीन्द्रनाथ शुक्लाले २४८ मत प्राप्त गरे ।
बाँके जिल्लामा कूल ७४ हजार २१३ मत खसेको छ ।