गृह मन्त्रालयले सशस्त्र प्रहरीका डिआइजी बंशीराज दाहाललाई एआइजी पदमा बढुवाको लागि सिफारिस गरेको छ । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले असोज ६ गते सशस्त्र प्रहरी सेवा साधारण समुह, साधारण उप समुहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा दाहाललाई बढुवाका लागि सिफारिस गरेको हो ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम(१) बमोजिम बढुवा समितिले दाहाललाई बढुवाको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बढुवा समितिका सदस्य सचिव, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले दाहाललाई एआइजीमा बढुवा सिफारिस गरिएको विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।
गृह मन्त्रालयले बढुवा सिफारिस चित्त नबुझे सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूले सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिमा उजुरी दिन सक्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।