भक्तपुर – नेपाल इको प्यानल र कोरियन कम्पनी एसवाई प्यानल लिमिटेडवीच सोमबार एउटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । एसवाई प्यानलद्धारा उत्पादित छाना र नेपाल इको प्यानलद्धारा उत्पादित प्यानल एकअर्कामा बजार प्रबद्र्धन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
यस्तै दुई वटा कम्पनीवीच आआफूसँंग भएको प्रविधि आदानप्रदान गर्ने पनि सम्झौतामा उल्लेख छ । समझदारीपत्रमा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवाल र एसवाई प्यानलका जनरल म्यानेजर विमलराज गोसाईले हस्ताक्षर गरेका छन् ।
एसवाई प्यानलले युपीभीसीका झयालढोका उत्पादन गर्दै आएकोमा त्यसको प्रविधि पनि एक आपसमा आदानप्रदान गर्ने सम्झौता भएको छ ।