बाँके खजुरा ६ मा रहेको श्री जनकल्याण माविमा आज परिक्षा सन्चालन भैरहेकै अवस्थामा कक्षाकोठाको छतको प्लाष्टर झरेर केही बिधार्थीहरु घाइते भएका छन ।
बिद्यालयको भवन जिर्ण भएका कारण उक्त घटना भएको बिधालयका प्रधानाध्यापक दानबहादुर केसीले बताएका छ्न ।
छ्त खस्न थालेपछि बिद्यार्थीलाई भोलिदेखि कहाँ ब्यबस्थापन गरेर पढाउने भन्दै चिन्ता समेत उनको छ । घट्नाबारे सम्बन्धित शिक्षा शाखा मार्फत खजुरा गाउँपालिकाको ध्यानाकर्षण गराइएको छ्।