बाँके । बिवाहमा दाइजो माग्ने एक ब्यक्तिलाई बाँके जिल्ला अदालतले १५ हजार जरिवाना फैसला सुनाएको छ ।
डुडुवा गाउँपालिका वडा नं १ पिप्रहवाका २४ बर्षीय रबिन्द रजकले केटी पक्षसंग दाइजो स्वरुप मोटरसाइकल र नगद ३ लाख दाइजो मागेको भनी दायर मुद्दामा अदालतले १५ हजार जरिवाना फैसला सुनाएको हो ।
केटा पक्षले बिवाहमा तोकेरै दाइजो मागे पछि केटी पक्षले कानूनी कारवाहीका लागि २०७८ फागुन ६ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराएका थिए ।
सुरुमा जाहेरी दर्ता नगरि प्रहरीमा दुवै पक्षलाई मिलाउने धेरै प्रयास गर्दा पनि केटा पक्षकाले नमानेको र दाइजो बिना बिवाह नगर्ने बताए पछि प्रहरीले जाहेरी दर्ता गरि बिवाहमा लेनदेन गर्न नहुने कसुरमा अपराध अनुसन्धान गरि सरकारी वकिल मार्फत अदालतमा मुद्दा दर्ता भएको थियो ।
जेष्ठ २३ गते उक्त मुद्दाको सुनुवाई गर्दै बाँके जिल्ला अदालतले दाइजो माग्ने अरबिन्द रजकलाई १५ हजार जरिवाना र रु ६०० रुपिया क्षतिपूर्ति दिने फैसला सुनाएको मुद्दामा बहश गरेका अधिवक्ता लोक बहादुर शाहले जानकारी दिए ।
जानकी गाउँपालिकाकी २३ बर्षिय परिवर्तित नाम सीता थापाको डुडुवा १ बस्ने अरबिन्द रजकसंग दुवै पक्षको सहमतिमा २०७८ माघ २६ गते बिवाहको मिति तय गरिएको थियो ।
केटी पक्षले बिवाहको कार्ड छाप्ने, आफन्तलाई बिवाहको निम्ता दिने, बिवाहको लागि आवश्यक चिजवस्तु, सरसानान किनमेल गरिसकेको अवस्थामा केटा पक्ष अरबिन्द रजकले एक्कासी सीताका बुवा र दाईलाई फोन गरि दाइजो स्वरुप अन्य जिन्सी सामान सहित मोटरसाइकल र तीन लाख नगद दिए मात्र बिवाह हने भन्दै दाइजोको लागि दवाव दिएको पीडित पक्षद्वारा दायर गरिएको मुद्दामा उल्लेख गरिएको छ ।