बाँके, २३ जेठ । बाँकेमा १६ बर्षीया एक किशोरीमाथि सामूहिक बलात्कारमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेका अनुसा पक्राउ पर्नेमध्ये पाँच जनामाथि बलात्कारमा संलग्न र दुई जना मतियार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका– ८ का हेमराज थारु, विक्रान्त थारु, निराजन थारु, प्रविण थारु र राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु रहेका छन् । उनीहरूलाई खजुरास्थित धनौली प्रहरी चौकीमा राखिएको छ ।
प्रहरीका अुसार फेसबुकबाट चिनजान र प्रेम सम्बन्धमा रहेका युवक हेमराज थारुले जन्मदिन मनाउन बोलाएपछि राप्तीसोनारी गाउँपालिकाकी १६ वर्षकी किशोरी नेपालगञ्जबाट शनिबार ४ बजेतिर बस चढेर बाँके र बर्दिया जिल्लाको सिमानामा पर्ने मानखोला पुगेकी थिइन् ।
सो क्रममा प्रेमी हेमराज र उनका साथी बिक्रान्तले भेटेका थिए । त्यसपछि बिक्रान्तको मोटरसाइकल चढेर तीनै जना बढैया ताल पुगेर घुमफिर गरेको बताइन्छ । त्यसपछि उनीहरु मानखोलाको फूलबारीमा बेलुकी छ बजेदेखि राति १२ बजेसम्म जन्मदिनको भोज गरे । जन्मदिन मनाउने कार्यक्रममा निराजन थारु, प्रविण थारु र राजकुमार थारु पनि सहभागी थिए ।
उनीहरुले भोजमा घरेलु मदिरा पनि सेवन गरेका थिए । उनीहरुले किशोरीलाई पनि मदिरा पिलाएको र त्यसपछि पालैपालो किशोरीलाई बलात्कार गरेको बयान दिएका डीएसपी न्यौपानेले बताए ।
बलात्कारपछि किशोरी बेहोस भएकी थिइन् । उनीहरुले किशोरीलाई मोटरसाइकलमा राखेर बैजनाथ वडा नं. ८ पिपरीमा बिक्रान्त थारुले बंगुर पाल्दै आएको टिनको टहरोमा पु¥याएको बयान दिएका डीएसपी न्यौपानले बताए ।
गोठमा पनि दुई जनाले बलात्कार गरेको किशोरीले प्रहरीसँग बताएकी छन् । गोठमा अर्धचेत अवस्थामा रहेकी किशोरीलाई घर पु¥याइदिने भन्दै बिक्रान्तको भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा राखेर नेपालगञ्जतर्फ लगेका थिए ।
नेपालगञ्ज गुलरिया सडकको उढरापुरमा प्रहरी चेकिङ थियो । खजुरा गाउँपालिका–५ को प्रतीक्षालय चोकमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीको नजर बेहोस किशोरीलाई लिएर आइरहेको मोटरसाइकलमा प¥यो । एक जना युवकले मोटरसाइकल चलाएका थिए भने अर्का युवकले किशोरीलाई बोकेका थिए ।
किशोरीलाई अर्धचेत अवस्थामा देखेपछि आफूहरुले चौकीमा ल्याएर सोधपुछ गरेको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले बताए । किशोरी होसमा आएपछि आफूमाथि बलात्कार भएको बताइन् । त्यसपछि उनीहरुकै बयानका आधारमा थप ५ जना पक्राउ गरिएको हो ।