काठमाडौं । तारा एयरको ट्वीनअटर विमान दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिको शव परिवारलाई बुझाइएको छ ।
आइतबार बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा परी मृत्यु भएका सबैको शव काठमाडौं ल्याइएको थियो ।
त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि बिहीबार २२ जनाकै शव आफन्तकोमा जिम्मा लगाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।
दुर्घटनामा चालक दलका तीन र १९ यात्रु गरी २२ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा चालक दलमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयरहोस्टेस क्रिस्मी थापा छन् ।
यस्तै, तुल्सादेवी तामाङ, सुकुमाया तामाङ (धनुषा), राममाया तामाङ (काठमाडौं), मकरबहादुर तामाङ (धनुषा), रोजिना श्रेष्ठ (गोरखा), रश्मी श्रेष्ठ (गोरखा), रविना श्रेष्ठ (गोरखा), गणेशनारायण श्रेष्ठ (गोरखा), राजनकुमार गोले (धनुषा), पुरुषोत्तम गोले (धनुषा), इन्द्रबहादुर गोले (धनुषा), प्रकाश सुनुवार (ओखलढुंगा), बसन्त लामा (काठमाडौं), मेइक ग्रिट ग्राफ (जर्मनी), वी विल्नर (जर्मनी), भाइभावी बान्डेकर (भारत), अशोककुमार त्रिपाठी (भारत), धनुष त्रिपाठी (भारत) र ऋतिका त्रिपाठी (भारत) गरी १९ यात्रुको पनि मृत्यु भएको हो ।