बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ मा आज बिहान बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय प्रकाश खड्काकी ४ वर्षीया छोरी प्रज्ञा रहेकी छन् । नम्बर नखुलेको स्कुल बसले आज बिहान १० बजे बालिकालाई ठक्कर दिएको थियो ।
बससहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।