काठमाडौ। तारा एअरको विमान केहीबेर अघि दुर्घटनामा परेको छ । पोखराबाट जोम्सोङतर्फ उडेको विमान दुर्घटनमा परेको सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनले जनाएको छ ।
विमानमा चालकदलका सदस्यसहित १९ जना यात्रु रहेको जनाइएको छ । टेलिभिजनले आफ्नो कास्की संवाददातालाई उदृत गर्दै विमानमा ४ जना भारतीय तथा ३ जना जापानीज नागरिक रहेको बाँकी सबै नेपाली यात्रु रहेको अनलाइन संस्करणमा उल्लेख गरेको छ ।
विमान आज विहान करिव १०ः ३० बजेदेखि सम्पर्कविहिन भएको पोखरास्थित विमानस्थलका अधिकारीहरुलाई उद्दत गर्दै नेपाल टेलिभिजनका प्रतिनिधिहरुले जनाएका छन ।
जोमसोङतर्फ उडेको विमानले आफ्नो रुट छाडेर धवालगिरीतर्फ लागेपछि सम्पर्क नभएको विमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।