नेपालगञ्ज । एकैघरका तीन जनाको ज्यान जानेगरि गत महिना भएको सडक दुर्घटनामा संलग्न कार चालकलाई जेल चलान गरिएका छन् ।
गत चैत २७ गते विपी चोक नजिकै थापाले चलाएको कारले किच्दा सडकमा हिडीरहेका पैदल यात्री नेपालगन्जका ६५ वर्षीय समिमा इदिसी, ५ वर्षीय बालक मो कासिम इद्रिसी र ६ वर्षीय मोहम्द अली हलवाईको मृत्यु भएको थियो ।
सो घटनामा कार चालक नेपालगन्ज–१० का इन्द्र बहादुर थापालाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
बाँके जिल्ला अदालतमा विहीबार भएको थुनछेक बहसमा बाँके जिल्ला अदालतका न्यायाधिश ईश्वरी प्रसाद भण्डारीको एकल इजलासले थुनामा पठाएको हो ।
तिब्र गतिमा गाडी चलाएर भएको दुर्घटनामा सि.सि.टि.भी फुटेजलगायतको प्रमाणका आधारमा अदालतले कार चालक थापालाई थुनामा पठाएको सम्बद्ध कानुन व्यवसायीको भनाइ छ ।
मुद्दाको सुनवाईमा पीडित जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिल कार्यलय बाँकेका जिल्ला न्याधिबक्ता बासुदेव शर्मा, सहन्याधिबक्ता दामोदर गौतम, अधिबक्ताद्धय विश्वजित तिवारी र पुनम श्रेष्ठ प्रतिबादीका तर्फबाट वरिष्ठ अधिबक्ता भोलासिंह हमाल, अधिबक्ताहरु सुनिल श्रेष्ठ, लोकबहादुर शाह, र गणेश थारुले बहस गरेका थिए ।