निर्वाचनसम्बन्धी भिडियो प्रचारप्रसार गरी नगद पुरस्कार जित्न सकिने
नेपालगन्ज डेस्क
प्रकाशित:
आईतवार, १८ बैशाख २०७९
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोलाई प्रचारप्रसार वा अपलोड गरी २० देखि ५० लाख दर्शक ‘भ्युज’ पुर्याउनेलाई नगद पुरस्कार दिने भएको छ ।
आयोगले पचास लाख भ्युज पुर्याउनेलाई ५० हजार, ३० लाख भ्युज पुर्याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने आयोगले जनाएको हो ।
वैशाख ३० गते हुने स्थानीय चुनावका लागि आयोगले बनाएका सन्देशमुलक भिडिओ वैशाख २९ गतेभित्र आफ्नो फेसबुक, युट्युव, टिकटकलगायतमा पोस्ट गर्ने, सेयर गर्नुपर्ने आयोगले जनाएको छ ।
त्यस्ता भिडिओहरू आयोगका ट्वीटर, युट्युव र फेसबुक तथा भाइबरमा अपलोड गरिसकिएका छन् ।