प्रेम विश्वकर्मा, नेपालगंज
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटालाई भ्रष्टाचार विरुद्धको राष्ट्रिय सम्मान प्रदान गरिएको छ । बाँकेको नेपालगंजमा आज आयोजित भ्रष्टाचार विरुद्धको अन्र्तराष्ट्रिय दिवस तथा बासको १९ औं बार्षिकोत्सवको अवसर पारी राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।
https://www.youtube.com/watch?v=M0Jxw6kwO60&feature=youtu.be
प्रमुख सूचना आयुक्त बाँस्कोटालाई सम्मान पत्र, दोसल्ला, फूलमालाले सम्मान ब्यक्त गरिएको थियो । सम्मान ग्रहण पछि सम्बोधन गर्दै बाँस्कोटाले भन्नुभयो, ‘नागरिकको हक पाउने कुरामा कुनै कन्जुस्याई नगरी, उत्कृष्ट सेवा गरौं, मैले पनि त्यसै गरेको हो ।
नेपाललाई मदिरा मुक्त घोषणा, प्रविधिको प्रयोग बढाई हलो मुक्त राष्ट्र, ब्यापारिक दृष्टिकोणले संञ्चालनमा ल्याएका मेडिकल कलेज तथा निजी विद्यालयको राष्ट्रियकरण, एक जिल्ला, एक उत्पादन, हरीयो तरकारी, माछा, दुधमा आत्मनिर्भर, जेष्ठ नागरिकलाई पुग्ने गरी पेन्सन र छोराछोरीले आमाबुवाको नाममा आफनो आम्दानीको २५ प्रतिशत राखिदिनु पर्ने जस्ता विभिन्न मेरा राष्ट्रिय अभियानहरु छन, यसमा साथ दिनुहोस ।’
इन्टेग्रिटी फेस्टीवल २०१९ बिशेष समारोहमा बास, ब्राईटल्याण्ड युवा पुरस्कार यस बर्ष नागरिक पश्चिमेलीका स्थानिय सम्पादक तथा बाँकेबासी कमल खत्रीलाई प्रदान गरिएको छ । सम्मान ग्रहण पछि सम्बोधन गर्दै नागरिक पश्चिमेलीका स्थानिय सम्पादक कमल खत्रीले भन्नुभयोे, ‘यो मेरो पत्रकारिता क्षेत्रको पहिलो पुरस्कार हो, निरन्तरताले गर्दा योग्य बनायो, यसले मलाई थप उर्जा र हौसला मिलेको छ ।’
कमल खत्रीलाई नगद १५ हजार रुपैयाँ, सम्मान पत्र र दोसल्ला, फूलमाला लगाई सम्मान गरिएको थियो ।
बासका केन्द्रिय अध्यक्ष रमेश सिटौलाको अध्यक्षता आयोजित कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सेना, भण्सार अधिकृत शान्तिराम निरौला, नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैष्य, जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, उद्योगी ब्यवासायि, समाजसेवी बुद्धिजिवी वर्ग लगायतका ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
वार्षिकत्सवकै अवसर पारी बासले देशभरी रहेका ७३ जिल्ला शाखा मध्ये ३ वटा शाखालाई उत्कृष्ट शाखाको रुपमा घोषणा गरदै सम्मान पनि ब्यक्त गरेको छ । बासका कार्यकारी निर्देशक नमस्कार शाहका अनुसार पहिलो उत्कृष्ट शाखा रुपन्देही, दोस्रो नवलपुर शाखा नवलपरासी पूर्व, र तेस्रो शाखा कैलाली भएको छ ।
यसैगरी कार्यक्रममा भ्रष्टाचार विरुद्धको गजल प्रतियोगिताका प्रथम मुना विष्ट, द्धितिय आदित्य प्रकाश र तृतिय मिनु गुप्तालाई प्रमाण पत्र तथा ट्रफी प्रदान गरियो । बास १९ बर्ष पुगेको अवसरमा १९ वटा महत्वपुर्ण काम सँग सम्बन्धित फोटो १९ जना अतिथिबाट सार्वजनिक पनि गरिएको छ । भने ‘भ्रष्टाचारी सबै जेल परुन’ भन्ने सन्देश लेखीएको एउटा स्टिकर पनि सार्वजनिक गरिएको छ । बागेश्वरी असल शासन क्लव (बास) सँग अहिले ४ हजार जना युवा आवद्ध छन ।
बार्षिक उत्सवकै अवसरमा उसले १९ बुदेँ आफनो उपलब्धी पनि सार्वजनिक गरेको छ । जसमा १५० जना भन्दा बढीलाई रोजगारीमा संलग्न गराएको, ६ सय जना भन्दा बढीलाई स्वयंम सेवकका रुपमा परिचालन गरेको, ३० लाख भन्द धेरै राजस्व नेपाल सरकारलाई बुझाएको, १ सय उपशाखा र २५ वटा इकाइ विस्तार गर्न र विभिन्न संघ–संस्था कार्यालयहरुसँग समन्वय सहकार्य गरी बढी सेवाग्राही पुग्ने ठाउँमा हेल्प डेक्स संञ्चालन गर्न सफल भएको जस्ता उपलब्धी देखाईएको छ ।
भ्रष्टाचार विरुद्धको अन्र्तराष्ट्रिय दिवस तथा बासको १९ औं बार्षिकोत्सवको अवसरमा भ्रष्टाचार विरुद्धको नाटक पछ्ुतोको प्रर्दशन पनि गरिएको छ । कार्यक्रममा बरिष्ठ गायक कमल विके (र्निमोही) लगायतका कलाकारहरुले गीत, नृत्य पनि प्रस्तुत गरी उपस्थित सबैलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।