बालबालिकामा मानव अधिकार संस्कारको विकास गर्दै सिर्जनशिल नागरिक उत्पादन गर्ने उद्देश्यका साथ इन्सेक जाजरकोटले बालबालिका केन्द्रित गतिविधिमा जोड दिन थालेको छ ।
त्यही क्रममा आज शिवालय गाउँपालिका वडा नम्बर १ स्यापीमा बाल अधिकार चेतना समूह गठन गरिएको हो ।
यस समूहमा स्थानिय नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका विद्यार्थीहरु छन । १३ सदस्य बाल अधिकार चेतना समूहको अध्यक्षमा एलिसा सिंह हुनुहुन्छ ।
जसको उपाध्यक्ष हेमन्त वली, सचिव महेश पुन, सह–सचिव पशुपति कुमारी सिंह, कोषाध्यक्ष निरुता पुन रहनुभएको छ ।
यसैगरी समूहको सदस्यहरुमा हेमन्त सिंह, आरता पुन, करिष्मा सिंह, भीम बुढा, सृष्टि बिक, नरेश पुन, पूर्ण बहादुर शाही हुनुहुन्छ ।
भने एक जना सदस्य पछि कार्यसमितिले मनोनित गर्ने भएको छ ।
विद्यार्थी, शिक्षक लगायत ४९ जना सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर १ का वडा अध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मान बहादुर पुनले सयौं बर्षको प्रगतिको लागी असल शिक्षा लिनु पर्ने बताउदै आफनो समूहलाई सक्रिय बनाई राख्न सुझाव दिनुभएको छ ।
यसैगरी विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर पुनले भन्नुभयो, ‘मानिसको सुख, शान्ति र समृद्धीको मूुल आधार शिक्षा हो त्यसैले विद्यार्थीले ब्यवहारीक शिक्षा लिन जरुरी छ ।’
मानव अधिकार र सामाजिक न्यायका निम्ति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्धारा संञ्चालित ‘स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार बनाउने’ (इएलपी) कार्यक्रम अन्र्तगत विद्यालयमा बाल अधिकार चेतना समूह गठन गरिएको हो ।
इन्सेकका जिल्ला सहजकर्ता प्रसाद नेपालीका अनुसार यही कार्तिक २५ गते छेडागाड नगरपालिका वडा नम्बर १२ मनाघाटमा पनि नगरस्तरिय मानव अधिकार समूह गठन गरिएको छ ।