बाँकेका सरकारी निकाय तथा गैरसरकारी संस्थाका सूचना अधिकारीहरुले ३, ३ महिनामा सूचना स्वतः प्रकाशन गर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय, बाँकेको आयोजना तथा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको सहआयोजनामा मंगलबार १२ औं राष्ट्रिय सूचना दिवश नेपालगन्जमा “सूचनाको कार्यान्वयन, अवस्था र चुनौति विषयक अन्तरक्रिया“ कार्यक्रममा सो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा बाँकेका सरकारी कार्यालयका सबै सूचना अधिकारीहरु, स्थानिय तहका प्रतिनिधीहरु र अन्य गैरसरकारी सामाजिक संघ, संस्था तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत गणेश न्यौपानेले नेपालमा सूचनाको हक तथा कार्यान्वय बारे सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।
यसैगरी सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीले बाँके जिल्लामा सूचनाको हकको कार्यान्वयन बारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बासका निवतर्मान अध्यक्ष मन भण्डारी, अधिवक्ता बशन्त गौतम, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिहं थारु, नेपाल वार एसोसियसन प्रदेश नंम्बर ५ का उपाध्यक्ष सुनिल श्रेष्ठ लगायतले सूचनाको हकको बारेमा चर्चा गर्नुभएको थियो।
१२ औं राष्ट्रिय सूचना दिवशको अवशरमा सुचनाको हक कार्यान्वयनमा सम्पूर्ण सूचना अधिकारीहरुले आअफनो कार्यालयमा गई लागु गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रमको सभापतित्व गर्नुभएको बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सूचनाको हकको कार्यान्वयनलाई सबै तहहरुले कार्यान्वयन गर्नु बताउनुभयो । साथै उहाँले सूचनाको हकलाई प्रयोग गर्दा कार्यालयको कामकारवाही सुशासनमय तथा पारदर्शी हुुने बताउनुभयो ।
समाचार स्रोत : सोम गुरुगं