बर्दियाको बढैयाताल प्राथमिक स्वास्थ्य केन्द्रमा समुदाय अंक तालिका कार्यक्रम सम्पन्न भएको छ । सेवाग्राही र सेवा प्रदायक बिच आमने सामने सामुदाय अंक तालिका कार्यक्रम गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य केन्द्रका कर्मचारीहरुको ब्यवहार, ठिक समयमा उपस्थिति, नम्र स्वभाव, बिरामीलाई समान ब्यवहार गर्ने, स्वास्थ्य केन्द्रको ब्यवस्थापन, गुणस्तरीय सेवा, बर्थिङ्ग सेन्टरको राम्रो ब्यवस्था जस्ता बुंदाहरुमा ठिक छ कि छैन भनेर सेवाग्राही र सेवा प्रदायकहरु बिच छुट्टा-छट्टै समुदाय अंक तालिकामा समावेश गर्न लगाएपछि साउन २८ गते सेवाग्राही र सेवा प्रदायक बिच आमने सामने सामुदाय अंक तालिका कार्यक्रम गरिएको हो ।
जसमा धेरै जसो प्राथामिक स्वास्थ्य केन्द्रका कर्मचारीहरुले सेवाग्राहीहरुसंग गरिने ब्यवहार सुधार गर्नु पर्ने, स्वास्थ्य कर्मीहरु कार्यालयमा समयमा आउने, सेवाग्राहीहरु संग नम्र ब्यवहार गर्ने, सेवा प्रवाहमा सबैलाई सम्मान ब्यवहार गर्ने, बर्थिङ सेन्टरको लागि चाहिने समान गाँउपालिका संग माग गर्नु पर्ने, सोरहवा प्राथामिक स्वास्थ्य केन्द्रले सुधार गर्नु पर्ने देखिएको छ ।
युएसएआईडी-एफएच आई ३६० को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा भएको कार्यक्रममा सोरहवा प्राथामिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर घर्तिले समुदाय अंक तालिका कार्यक्रम निकै प्रभावकारी भएको बताउनु भएको थियो ।
त्यसैगरी सेवाग्राही नागरिकहरुले पनि सोरहवा प्राथामिक स्वास्थ्य केन्द्रमा सुधार भए आँफूहरु राम्रो संग सेवा पाउने विश्वास गरेका छन् । त्यसैगरी यो कार्यक्रमले सेवा प्रवाह गर्दा भएका कमी कम्जोरी र सुधार गर्नु पर्ने सुझाव नागरिकहरु बाट पाउदा धेरै खुसी लागेको र आउने दिनमा यसलाई सुधार गरेर लैजाने सोरहवा प्राथामिक स्वास्थ्य केन्द्रका सिनियर अहेवा रामदास चौधरीले बताउनु भयो ।
कार्यक्रमको सहजिकरण सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम ब्यवस्थापक रबिन्द्र ज्ञवाली र लक्ष्मि ज्ञवालीले गर्नु भएको थियो ।
-अनोज थारुको सहयोगमा, बाँसगढी बर्दिया ।