आज मे १ अर्थात् अन्तराष्ट्रिय मजदुर दिवस । देशैभरि मजदुरीहरूले आफ्नो हक र अधिकारका लागि ¥यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदुरको मृत्युभएको छ ।
मृत्यु हुनेमा बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर २ ठाकुरद्वारका ३५ वर्षीय कालुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बेनी–दरवाङ सडकखण्ड अन्तर्गत चुत्रेनीमा सडक विस्तारको काम गरिरहेको अवस्थामा सडक माथिबाट ढुङ्गासहित माटोको ढिस्को खसेर पुरिँदा उहाँको मृत्युभएको हो ।
जिल्ला प्रहरी कार्यालय बेनी म्याग्दीबाट गएको प्रहरीको टोली र स्थानीयवासीले एक्स्काभेटरको प्रयोग गरी माटो पन्छाएर थारुको शवलाई बाहिर निकालेको प्रहरीले जनाएको छ ।
साभार : उज्यालो अनलाइन