काठमाण्डौ । गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४(अप्रिल २६ र २७) गते आयोजना गर्न लागेको डोमेस्टीक टुरिजम मार्ट (डिटिएम)को तयारी अन्तीम चरणमा पुगेको छ ।
भृकुटीमण्डप स्थीत प्रदर्शनीहलसहितको चौरमा हुने मार्टमा उल्लेख्य ७७ वटै जिल्लाहरुबाट व्यापारिक तथा सांस्कृतिक स्टल बुकिङ हुने क्रम तिब्र रहेको र प्रचारप्रसार तिब्र पारिएको आयोजकले जनाएको छ । हालसम्म ११० वटा स्टल बुकिङ भईसकेको मार्टमा २२५ पर्यटन सम्बद्ध व्यापारिक स्टल रहनेछन । मेलाको मिति नजिकिदै गर्दा स्टल बुकिङको समय पनि अन्तिम चरणमा आईपुगेको छ ।
२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउनुका साथै लुकेर रहेका पर्यटकीय सम्भावनाहरुको उजागर गर्दै पर्यटनबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ मार्ट आयोजना गरिएको आयोजकले जनाएको छ ।
पहिला देश अनि बिदेश भन्ने मुल नाराका साथ आयोजना हुन लागेको मेलामा देशभित्रकै रमणिय सांस्कृतिक सम्पदाको भ्रमण गर्न उत्प्रेरित र गर्ब गर्न सक्ने बातावरण सृजना गर्न मेला सफल हुने आयोजकले जनाएको छ ।
उक्त मेलामा र्याफ्टिङ, रारा प्याकेज, लाङटाङ, कर्णाली, हिमाली क्षेत्र लगायतका क्षेत्र अवलोकनका लागि बिभिन्न स्कीमहरु ल्याईने छ । यसका साथै देश तथा बिदेशका ट्राभलिङ प्याकेज सबैको अवलोकन र सेवा लिन सकिने छ । होटल रेष्टुरेन्ट प्याकेज, स्काई ड्राईभ, प्याराग्लाईडिङ, केबलकार, आकासबाट धर्ती हेर्ने अचुक अवशर पनि मेलाले प्रदान गर्नेछ ।
७७ वटै जिल्लाका संस्कृति समेटिएको झाँकी प्रदर्शन, मनोरञ्जनात्मक कार्यक्रमहरु, मिठा परिकार सहितको फुड जोन थप आर्कशणका रुपमा रहनेछन ।