बाँकेको नरैनापुरमा गाउँपालिका स्तरिय अपाङगता संञ्जाल अपाङगता सरोकार कमिटी गठन गरिएको छ ।
११ सदस्यीय कमिटी गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव र ३ नम्बर वडाका वडा अध्यक्ष राज कुमार मौर्यको रोहवरमा गठन गरिएको हो ।
जसको अध्यक्षमा गुरदयाल मौर्य, उपाध्यक्ष हिरालाल मौर्य, वरिष्ठ उपाध्यक्ष संजय कुमार बाहुन, कोषाध्यक्ष तिरथा बानिया, सचिव सफी उल्लाह खाँ, सह–सचिव हासिफ अली मुकेरी रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा मुस्ताक खाँ, मोहम्मद सफिक खाँ लगायत रहनुभएको छ । कमिटि गठन गर्नको लागी राष्ट्रिय मधेसी अपाङ्ग महासंघ नेपाल, मध्ये तथा सुदुरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगंज र अपाङ्ग सरोकार केन्द्र नेपालले समन्वय गरेको अध्यक्ष राजेश क्षेत्रीले बताउनुभयो ।
कमिटी गठन कार्यक्रममा इलाका प्रहरी कार्यालयका इन्चार्ज विरेन्द्रविर विश्वकर्माको पनि उपस्थिती रहेको थियो । नव गठित समितिले विभिन्न कारणबाट अपाङ्गता हुन पुगेका ब्यक्तिहरुको हक अधिकारका पक्षमा काम गर्ने जनाईएको छ ।