बर्दियाको बाँसगढीमा स्थानिय आपतकालिन कार्य सञ्चालन केन्द्रको उद्घाटन गरिएको छ ।
समुदायलाई बाढीको पूर्व सूचना प्रदान गर्न, विभिन्न किसिमका प्रकोपहरुका कारण हुन सक्ने विपदको जोखिम सम्बन्धी पूर्व जानकारी दिन, प्रभावित समुदायलाई खोज तथा उद्धार एवं राहत व्यवस्थापन क्षेत्रसँग सम्पर्क–समन्वय र विस्तार तथा विपद् व्यवस्थापन गर्न आबश्यक उद्धार सामाग्री सहित स्थानिय आपतकालिन कार्य सञ्चालन केन्द उद्घाटन गरिएको हो ।
बुधबार आपतकालिन कार्य सञ्चालन केन्द्रको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका संयोजक शंकर प्रसाद थारुले बाँसगढीमा बिपद पर्दा अब जिल्लालाई गुहार्ने दिन गएको बताउनुभयो ।
नेपाल रेड्क्रस सोसाईटी जिल्ला शाखा बर्दियाका सभापति कृष्ण गौतमले आपतकालिन केन्दले आगलागी र बाढी आएको बेलामा मात्रै नभई स्थानिय तहका सबै खालका सुचनाहरुको स्रोत संस्थाको रुपमा काम गर्नु पर्ने कुरामा जोड दिनुभएको छ ।
स्थानिय विपद् व्यवस्थापन समितिका संयोजक तथा बाँसगढी नगरपालीकाका नगर प्रमुख सालिकराम अधिकारीले मानवमा आई पर्ने बिपद्को व्यवस्थापन गर्न स्थानिय तहबाटै उद्धार र सुचना प्रभाहका लागि आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको बताउनुभयो ।
नेपाल रेडक्रस उपशाखा बाँसगढीको भवनलाई आधार बनाई जर्मन विकास नियोगको सहकार्यमा स्थानिय आपतकालिक कार्य सञ्चालन केन्द्र सञ्चालन गरिएको हो ।
आपत्कालिन केन्द्रको कार्यालयमा विपद्मा प्रतिकार्यका लागि आबश्यक पर्ने सामाग्री तथा औजार, सुचना प्रवाहका आगि आबश्यक पर्ने सामाग्रीहरु पर्याप्त मात्रामा राखिएको छ ।
–रावन बिश्वकर्माको सहयोगमा….