बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषि चौलागाईले आज एउटा प्रेस बिज्ञप्ती जारी गर्दै केही दिन यता चर्चामा रहेको आर्थिक बिषयमाथी आफनो धारणा सार्वजनिक गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाले सडकमा गरेको पत्रकार सम्मेलन र केही सञ्चारमाध्यममा आफुलाई जोडेर सार्वजनिक भएका समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनुभएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले पत्रकार र पत्रकारिता विकासका लागि गत वर्ष स्वीकृत गरेको सञ्चार पत्रकारिता विकास कार्यक्रम र स्थानीय रेडियो, एफएम, टेलिभिजन कार्यक्रम सञ्चालन-सहजीकरणका लागि प्रेस सल्लाहकारको हैसियतले आफुलाई दिइएको जिम्मेवारी मात्र निर्वाह गरेको भन्दै उहाँले उपमहानगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसँगको सर सल्लाहमा नेपाल पत्रकार महासंघ बाँके शाखालाई ५ वटा कार्यक्रम आयोजना गर्ने जिम्मवारी दिइएको दाबी गर्नुभएको छ ।
……………………………………….
………………………………………..
यस विषयमा थप अध्ययन र छानबिनको लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जारी गर्नुभएको प्रेस बिज्ञप्तीमा भनिएको छ, “कसैको कुभलो चाहीन, गरिन पनि, मन थिएन तर यती चाहीं बोल्न बाध्य भएँ ।”
–प्रेस बिज्ञप्ती हेर्नुहोस यस्तो छ ।