सोनारी गाउँपालिका वडा नम्बर २ अगैयामा आज एकिकृत घुम्ती सेवा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजना तथा राप्ती सोनारी गाउँपालिकाको ब्यवस्थापनमा १५ सय बढीलाई सेवा प्रदान गरिएको हो ।
नेपाली नागरिकताको प्रमाण पत्र वितरण, जग्गा धनी प्रमाण पत्र (लालपुर्जा) वितरण, फोटो सहितको मतदाता नामावली संकलन, आँखा तथा दाँत उपचार एवंम स्वास्थ्य परामर्श सेवा, डडेलो नियन्त्रणका लागी मेसनरी औजार हस्तारण लगायतका सेवा उपलब्ध गराईएको छ ।
यसैगरी बाँके जिल्लाका कार्यालय प्रमुखहरुको नियमित बैठक पनि बसेको छ ।
भुमि ब्यवस्था कृर्षि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ का मन्त्री आरती पौडेल, सांसद कृष्ण केसी (नमुना), बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख एवंम कर्मचारी, जनप्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।