आमुल परिवर्तन मसिहा पार्टी नेपालले आज उपत्यका कमिटी गठन गरेको छ । काठमाडौं जिल्ला कमिटी पुर्नगठन गर्ने भनिएता पनि भेलामा आएका सुझावलाई मध्येनजर गरी उपत्यका कमिटी गठन गरिएको हो ।
पार्टीका केन्द्रिय अध्यक्ष भरत गिरीको उपस्थितीमा गठनभएको कमिटीमा पुर्षोतम शर्मा अध्यक्ष रहनुभएको छ । यसैगरी उपाध्यक्षमा अस्मिता राई, सचिव अमित लम्साल र सदस्यहरुमा धन बहादुर खत्री, कुमार बिक, दिनेश लिम्बु, रबिना तामाङ रहनुभएको छ ।
केन्द्रिय अध्यक्ष गिरी सहित उपाध्यक्ष शुसिला बगाले, सचिव विष्णु रत्न लामाले नव गठित ७ सदस्य उपत्यका कमिटीलाई बधाई दिदै पार्टीलाई चुस्त, दुरुस्त बनाउने कार्यमा लाग्न आग्रह गर्नुभएको थियो ।
“राष्ट्रको सन्तुलित बिकास र परिवर्तनका निम्ति अध्यात्मिक भौतिकबाद” भन्ने नाराका साथ आमुल परिवर्तन मसिहा पार्टी नेपालले आफनो संगठन विस्तारको कार्यलाई अहिले अघि बढाउदै लगेको जनाएको छ ।