नेपाल बिद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रको कार्यालय परिसर भित्रै आएमइ पीएवाइ लेखिएको टेन्ट राखी बिद्युत महसुल सम्बन्धी कारोबार गरिरहेको पाईएको छ ।
सर्वसाधारण नागरिकलाई विश्राम गर्नका लागी बनाईएको प्रतिक्षालयमा रातो रंगको टेण्ट खडा गरी मोबाइल एफबाट रकम ट्रान्र्सफर गरी छिटो बिद्युत महसुल बुझाउन सकिने भन्दै उपभोक्क्तालाई आकर्षित गरिरहेको पाईएको हो ।
नेपाल बिद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रका काउण्टरमा छुट दिने गरिएको छ । त्यहाँका काउण्टरमा खाली हुदाँ हुदै पनि आएमइ पीएवाइले उपभोक्क्तालाई बोलाएर छुट नदिएको सर्वसाधारणले जनाएका छन ।
केही महिना यता देखी कार्यालय परिसर भित्र रहेका काउण्टरबाटै इ–सेवा प्रदान गर्नेे निजी क्षेत्रका कम्पनीहरुले उपभोक्क्तालाई तानि रहेका छन ।
तर कार्यालय भित्रको काउण्टरमा बिद्युत महसुल बुझाउन लाइन बसेका उपभोक्क्तालाई तानेरै ब्यवासायिक कारोबार गर्न मिल्ने हो वा होइन यसबारेमा सम्बद्ध निकायले केही बोलेका भने छैन्न ।