बर्दियामा सिण्डिकेट लाद्ने अटो रिक्सा ब्यवासायिका नाइकेलाई नियन्त्रणमा लिई प्रहरीले सार्वजनिक गरेको छ । भोलागौडीबाट बढैयाताल गाउँपालिका अन्तरगत पर्ने वडा नम्बर १ र २ मा सवारी बोक्ने पेट्रोलवाला अटो रिक्सा ब्यवासायिले सिण्डिकेट लादेको आरोपमा यही पौष १ गते इलाका प्रहरी कार्यालय मैनापोखरले उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका ब्यक्तिहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । जसमा बढैयाताल गाउँपालिका वडा नम्बर ३ का कुमार बराल, रामबहादुर क्षेत्री, बिजय मगर, सोम बहादुर पाण्डे, अमर बहादुर क्षेत्री, वडा नम्बर २ का रिम बहादुर महतारा रहेका छन ।
नयाँ अटो रिक्सा चलाउन रुट प्रमिट नदिने र रुट प्रमिटको लागि ५ हजार रुपैयाँ देखि १० हजार रुपैयाँ सम्म शुरुमै जम्मा गर्नु पर्ने र शुरुवात देखि नै चलाउदै आएका अटो ब्यवासायिबाट पनि दैनिक एक सय रुपैयाँ उठाउदै आएको भन्ने पिडित पक्षको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरिक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो ।
नेपाल सरकारले सिण्डिकेट प्रथाको अन्त्य गरेको अवस्थामा पनि गैर कानुनी रुपमा यस्तो कार्य गरेको ठहर भएमा पक्राउ परेका अटो रिक्सा ब्यवासायिहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २५३ को अपराधीक लाभ अनुसार ७ बर्ष कैद र ७० हजार रुपैयाँ सम्म जरिबाना अथवा दुबै सजाए हुन सक्ने कानुनी ब्यवस्था छ ।
–साभार : रेडियो मर्निङ स्टार
http://radiomorningstar.com.np/news-details/333/2018-12-18