WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
बाँकेको बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी (विश्वकर्मा) ले सानो उमेरमा हुने (बाल विवाह) लाई रोक्न आफुहरुले अभियान नै संञ्चालन गर्ने योजना रहेको बताउनुभएको छ । शनिबार गालिल मण्डली गड्रहीमा बैजानाथ गाउँपालिका इसाई समाजले आयोजना गरेको ख्रिष्टमस शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मण्डलीहरुमा नियमित रुपमा हुने जवान, युवा संगती, दिदीबहीनी संगती, बाल संगती लगायतका अन्य संगती तथा प्रार्थानाहरुमा पनि बाइबलको सन्देश सगैं बाल विवाह, ब्यवहारीक अनुशासन, यौन दुर्रब्यवाहार लगायतका कुराको बारे शिक्षा दिई आफुहरुको यस अभियानमा साथ दिन उपाध्यक्ष शारदा रेग्मी (विश्वकर्मा) ले इसाई समुदाय, अगुवाजन सबैलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, “सबै धर्मका गुरुजनहरुले भनेका कुरालाई बढी मान्ने प्रचलन छ ।”
बैजनाथ इसाई समाजका अध्यक्ष अर्जुन बिकको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष रुप बहादुर मल्लले सबै समुदाय, वर्ग एउटै धारमा उभि रही समृद्ध बैजनाथ, जिल्ला हुदै नेपाल निर्माणको कार्यमा लाग्न प्रेरणा मिलोस भन्ने शुभकामना दिनुभयो । यसैगरी वडा नम्बर ६ का वडा अध्यक्ष भद्र बहादुर बस्नेतले ख्रिष्टमस पर्वका अवसर पारी ८ वटै वडाका ८ जना अनाथ बालबालिकाहरुलाई बैजनाथ इसाई समाजले कापी कलम, स्विटर प्रदान गरी पुन्य काम गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
वडा नम्बर ७ का वडाअध्यक्ष सिताराम थारुले इसाई समुदाय कुनै बिदेशबाट आएका ब्यक्ति होइ्नन भन्र्दै हाम्रै समाजमा बसोबास गर्ने, दाजुभाई, दिदीबहीनीलाई कुनै पनि बिभेद नगरी साथ समर्थन दिन आफुहरु तयार रहेको जानकारी गराउनुभयो । कार्यपालिका सदस्य मेघ बहादुर सुनारले अनाथ बालबालिकाहरुलाई आगामी फागुनमा आफनो पारिश्रमिकबाट ५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा पनि गर्नुभयो ।
विभिन्न धर्म, विचार, आस्था राख्ने समुदायका अनाथ बालबालिकाहरुलाई सहयोग प्रदान गर्नुअघि बाँके इसाई समाजका उपाध्यक्ष एवंम पास्टर डक्ट प्रसाद धितालले ख्रिष्टमस सन्देश बाँड्नु भएको थियो । बैजनाथ इसाई समाज द्धारा पहिलो पटक आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कार्यपालिका सदस्य संगीता सुनार, अर्का कार्यपालिका सदस्य पदमा रोकाया, बैजनाथ गाउँपालिका स्तरिय दलित संञ्जालका अध्यक्ष दिल विश्वकर्मा, पास्टर नन्दलाल घर्ति लगायतका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
बैजनाथ इसाई समाजका कोषाध्यक्ष तथा अर्का पास्टर चन्द्र सुनारले शुभकामना आदान प्रदान कार्यक्रम संञ्चालन गर्नका लागी भएको खर्च तथा स्रोतहरु बारे जानकारी गराउनुभएको थियो । समापन समारोहमा बोल्दै अध्यक्ष अर्जुन बिकले सबैतिर शान्तिले बास गरोस, उन्नती प्रगति हुर्दै जाओस भन्र्दै आफनो अपाङ्गगता भत्ता मार्फत प्राप्त रकमको चेक अनाथ बालिकालाई सहयोग गर्न भनी समाजका कोषध्यक्षलाई हस्तारण समेत गर्नुभएको थियो ।