काठमाडाैं ।
वडा प्रहरी कार्यालय नेपालगञ्जले नजिकिदो पर्वलाई लक्षित गरी नगरको शान्ति सुरक्षालाई सुदृढ बनाउनको लागि विभिन्न खालका गतिविधि सञ्चालनमा ल्याएको जनाएको छ ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका ईन्चार्ज प्रहरी निरिक्षक नारायण डाँगीले शनिबार नेपालगञ्ज–२ का विभिन्न स्थानबाट ठूलो मात्रामा घरेलु मदिरा, बनाउन प्रयोग हुने भाँडा र त्यसको लागि आवश्यक पर्ने सरदाम नियन्त्रणमा लिएर नष्ट गरेको जानकारी दिए ।
उनीहरुको टोलीले अवैध घरेलु मदिरा १ हजार ६ सय ६० लिटर, मदिरा वनाउन प्रयोग गरीने सामान ३ थान र जाँड वनाउन प्रयोग गरीने औषधि ७ किलो साथै केही मदिरा बनाउन तयारी अवस्थामा रहेको मोलासिस नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
‘घरेलु हिंशाको मुख्य कारक घरेलु मदिरा समेत भएको कारणले समाजमा शान्ति सुरक्षा कायम गर्नको लागि हामीहरुले घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेका हौ’– प्रहरी निरिक्षक डाँगीले भने ।