WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडाैं ।
करिब २५ वर्ष देखि अनवरत रुपमा सांगेतिक क्षेत्रमा लागी थुप्रा गीत संगीतको श्रृजना गरेका गायक तथा संगीतकार कृष्ण भण्डारीको सुमधुर स्वरमा सु-सज्जित ‘कर्के नजर’ बोलको गीत सार्वजनिक भएको छ ।
केही दिन अगाडी मात्र सार्वजनिक भएको गीतमा शब्द भिजन गुरागाईं र संगीत गायक भण्डारी स्वयंको रहेको छ । पुर्वका भजन सम्राट उपनामले परिचित कृष्ण भण्डारी नेपालमै भजनमा र्याप गर्ने प्रथम गायकका रूपमा पनि परिचित भइसकेका छन् ।
भण्डारीको ‘कृष्ण काले नक्कले’, ‘धुन बज्यो बज्यो’, ‘कृष्ण जी मन पर्यो मलाई’ लगायत दर्जनौ गीत भजन चर्चितमा छन् साथै श्रीकृष्ण लुइँटेलको स्वरमा रहेको ‘बाँके बर्दिया’ ‘ओए बिम्ली’जस्ता सुपरहिट गीतमा समेत उनकै संगीत रहेको छ ।
गत मंगलबार सार्वजनिक भएको गीत ‘कर्के नजर’ लोक लय र गजल मेलोडीको रहेको छ । गीतको भिडियोमा प्रहिल कार्की, रन्जिता श्रेष्ठ, सुरज श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ भने उत्सल पाठकको छायांकन रहेको छ । साथै गीतको सम्पुर्ण छायाङ्कन काठमाडौँमा भएको हो ।
गीतको भिडियोलाई राजकुमार खातीले निर्देशन गरेका हुन् ।