WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
दुबई, ३१ भदौ – बङ्गलादेशका अनुभवी खेलाडी मुस्फीकर रहिमको व्यक्तिगत एक ४४ रनको मद्दतले शनिबार दुबईमा खेलिएको एसिया कप क्रिकेटको पहिलो एक दिवसीय खेलमा श्रीलङ्का १३७ रनले पराजित भएको छ ।
पहिलो ओभरमै दुई विकेट गुमाएको स्थितिमा मैदानमा प्रवेश गरेका मुस्फीकरले १५० बलको सामना गरी १४४ रन बनाएका थिए । उनले ११ चौका प्रहार गरेका थिए । पहिले ब्याटिङ गरी बङ्गलादेशले कूल २६१ रन बनाएको थियो ।
एसिया कप पाँच पटक जितिसकेको श्रीङ्काले १७ ओभरमै ६० रन बनाउँदा आफ्ना महत्वपूर्ण पाँच खेलाडी गुमाइसकेको थियो । कूल १२४ रन मात्र बनाएको श्रीलङ्काको इनिङ ३५.२ ओभरमा समाप्त भएको थियो ।
यही वर्षको सुरुमा ढाकामा खेलिएको एक खेलमा बङ्गलादेशसँग श्रीलङ्का १६३ रनमै समेटिएको थियो ।
बङ्गलादेशका तर्फबाट मुस्तफीजुर रहमान, मेहिदी हसन र कप्तान मर्साफी मोर्ताजाले समान दुईदुई विकेट लिएका थिए ।
श्रीलङ्काका तर्फबाट लसिथ मालिङ्गाले २३ रन दिएर चार विकेट लिएका थिए ।
समूह ख मा श्रीलङ्का, बङ्गलादेश सहित अफगानिस्तान पनि रहेको छ । समूह क मा भने पाकिस्तान, हङकङ र भारत रहेका छन् ।