काठमाडाैं ।
के छ मुलुकी ऐनमा ?
नेपालको नयाँ मुलुकी ऐन फौजदारी कार्यविधि (संहिता) ऐन को दफा २६३ मा बैंक, नोट वा सिक्का जलाउन, गाल्न, च्याप्न, लेख्न नहुने उल्लेख गरेको छ, भने सोही दफामा त्यस्तो कसुर गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजारसम्म जरिवाना हुने उल्लेख छ । सोही दफामा नोट वा सिक्का बिगार्नेलाई एक वर्षसम्म मुद्दा लाग्नेसमेत उल्लेख गरेको छ ।
नोट वा सिक्का बिगारेको वा गालेको, पोलेको पाइएमा कानूनी कारवाही गर्ने व्यवस्था भएको अधिवक्ता विश्वराज पाण्डेयले बताउनुभयो । उहाँका अनुसार नेपाल राष्ट्र बैंकले नोट तथा मुद्रा संरक्षण सम्बन्धी विभिन्न समयमा जारी गरेका निर्देशिकाप्रति ध्यान जान नसकेकै कारण नोट तथा मुद्राको दुरुपयोग बढ्दै गएको हो ।