काठमाडाैं ।
नेपालगञ्ज नेपालका शहर मध्ये गनिने शहरमै पर्दछ । यस शहरलार्इ पनि अाधुनिकताले छोपिसकेको छ । तर नेपालगञ्जको सांगितिक अाधुनिकताको इतिहास भने मात्रै १८ वर्षको रहेको छ ।
नेपालगञ्जमा वि.सं. २०५७ सालमा स्थापना भएको वेभ मल्टि ट्र्याक डिजिटल रेकर्डिंग स्टुडियो र अोम सार्इ सिने प्रोडक्शन एण्ड भिडियो सेन्टर १८अाैँ वसन्तमा चलिरहेका छन् । अझ भन्नु पर्दा नेपालगञ्जको अाधुनिक सांगितिक इतिहासलार्इ यी स्टुडियो १८ वर्ष सम्म सफल रूपमा डोहोर्याउन सफल भएका छन् ।
स्टुडियोका सञ्चालक शैलेन्द्र गाैतमका अनुसार स्थानीय कलाकारलार्इ सांगितिक यात्रामा सहजता प्रदान गर्ने र उनीहरूका सिर्जनालार्इ रेकर्डिंग गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ यो स्टुडियोको स्थापना भएको हो । “सांगितिक विकासका लागि खोलिएको मल्टि ट्र्याक डिजिटल रेकर्डिंग स्टुडियो र अोम सार्इ सिने प्रोडक्शन एण्ड भिडियो सेन्टर नेपालगञ्ज इतिहासकै पहिलो स्टुडियो हो ।” अनलार्इन नेपालगञ्जसँग कुरा गर्दै सञ्चालक गाैतमले बताए । यसमा थप्दै उनले भने ” हामीले यही वाक्यलार्इ अात्मसात गर्दै हाम्रो स्थापनाको २ दशक कलाकार र संगीत प्रेमीको सेवामा बिताइसकेका छाैँ । हाम्रो यो क्रियालार्इ निरन्तरता दिन हामी हरेक तबरबाट जुटिरहेका छाैँ । ”
प्रदेश नं ५ मा स्तरीय गीत रेकर्डिंग , भिडियो निर्माण तथा डकुमेन्ट्री निर्माणका लागि भनेर वेभ मल्टि ट्र्याक डिजिटल रेकर्डिंग स्टुडियो र अोम सार्इ सिने प्रोडक्शन एण्ड भिडियो सेन्टरलार्इ चिन्ने गरिन्छ ।
नयाँ पिँढिहरूको सपना साकार गर्दै अनि सांगितिक संरचनाको विकासमा लागि परेको १८ वर्ष पुरानो स्टुडियोले नेपालगञ्जमा अाफ्नो छाप छोड्न सफल भइसकेको छ । पुरानो भएता पनि यो स्टुडियोले स्थानीय कलाकारहरूलार्इ अझ गुणस्तरीय सेवा तथा अवशर प्रदान गर्न नयाँ प्रविधिको समेत प्रयोग गर्दै अाइरहेको छ । समग्रमा यस स्टुडियोले अाफ्नो स्थापना कालको करिब २ दशक स्थानीय संगीत प्रेमीको सेवामा बिताइसकेको छ ।