गरिब हुनु कसैको लागि अभिशाप बनेको हुन्छ । यसका उदारहण हुन् नेत्र बहादुर भुषाल। नेत्र बाहादुर भुषालको परिवारले गरीब भएकै कारण कहिल्यै सन्तोषको श्वास पनि फेर्न पाएनन। भुकम्पले स्याङ्गजामा भएको उनको घर ढलायो । जिवनको धरोहर नै ढलेपछि त्यो घर फेरी ठड्याउने उनीसँग हिम्मत भएन। किनभने उनी गरिब भएर जन्मेका थिए । परिवार पाल्नुपर्ने एउटा जिम्मेवारी थियो । उनको १ श्रीमती र चार छोराछोरी सहितको ६ जनाको परिवार छ।
आफन्तको नजिक बसे दुख सुखमा साथ पाइएला भन्ने सोचले उनी हुर्किएको जन्मथलो स्याङ्गजालाई छोडेर लालाबाला बोकेर बांके झरे । आफन्तको नजिकमा आएपछि उनको जिवन जसोतसो चलेकै थियो । त्यो दैवलाई सह्य भएन । उनलाई २०६४ सालमा नशा सम्बन्धी रोग लाग्यो । अहिले पनि उनी मानसिक रोगको औषधि खाइरहेका छन् ।
यो रोगलाई त जितें भनेर जिवन चलाईरहेका नेत्रलाई फेरी ६ वर्ष अघि देखि अर्काे रोगले समात्यो । पेट सम्बन्धी रोगले थला परेका उनले उपचार समेत गराउन सकेनन् । ६ वर्ष देखि पेटको पिडा बोकेर बसीरहे । उनीमाथिको पीडा यतिमै सिमित भएन । जो कमजोर छ उसैमाथि बारम्बार दैवले पनि आक्रमण गर्ने रहेछ । एक वर्ष अघि फेरी उनी सवारी दुर्घटनामा परे । परिवार पाल्नै निकै समस्यामा रहेका उनीमाथि बारम्बार बज्रपात परिरह्यो । नेपालगन्जस्थित शिक्षण अस्पतालमा सामान्य काम गर्ने उनी जिवनमा परेका यति ठूला अप्ठेरा सामना गर्न सक्दैनथे । आफन्तको सहयोग र साथले जिवन चलाईरहेका थिए । तर ६ महिना अघि देखि उनको पेटको समस्या थाम्नै नसक्ने गरी बल्झियो । अस्पतालमा आएर जचाँउदा थाहा भयो उनको पेटको ठूलो आन्ध्रा नै कुहिएको छ ।
दिनको १० पटक भन्दा बढी डाइपर चेन्ज गरेर बस्नु पर्ने स्थिति छ, दिसा होइन पुरै रगत बग्ने गर्छ । सरकारले दिएको पहिलो किस्ताको पैसा उपचार गर्दै सकियो । आमा एउटा चिउरा मिलमा काम गरेर मासिक ६ हजार कमाउनुहुन्छ । रोगले थलिए पछि नेत्रप्रसादको खाइपाइ आएको सानो जागिर पनि गयो । दुर्घटनाका कारण घाइते उनको शरीरमा स्टिल हालेको छ । आफुले काम गरेर परिवार पालन सक्ने स्थिति छैन सब अरुकै आशामा बस्नु पर्ने भएको छ ।
जिवनको आरोह अवरोध पार गरेर सन्तानको भविष्य हेरेर बसेका नेत्रप्रसादलाई असार ३१ गते भएको घटनाले धैर्यको बाँध गर्लाम गुर्लूम ढल्यो । छोराछोरी ठूला भए अब केही होलाकी भन्ने आश गरेर बसेका नेत्रप्रसादको भविष्यको सहारा उनको छोराले पनि हात गुमाएका छन् । ११ वर्षको कलिलो उमेरमै दायाँ हात गुमाएका छोराको भविष्य के होला भन्दै आमाले भावुक हुँदै बताईन।
हेर्नुस भिडियो: