काठमाडौँ । काठमाडौँको कलंकीस्थित दुई युवकबाट एक युवती बलात्कृत भएकी छन् । युवतीलाई बलात्कार गर्ने ती दुई युवक प्रहरी जवान हुन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
कलंकीको आशिवार्द गेस्ट हाउसमा रामशरण पोखरेल र चन्द्र प्रसाईं नाम गरेका दुई प्रहरी जवानले युवतीको बलात्कार गरेका थिए । पीडित युवती रामशरण पोखरेलकी प्रमी हुन् । पोखरेल र उनको साथी मिलेर युवतीको बलात्कार गरेको प्रहरी स्रोतले जनाएको छ । युवतीको उजुरीअनुसार उनलाई रक्सि खुवाएर आफ्नै प्रेमी र उनको साथीले बलतत्कार गरेका हुन् ।
पोखरेल र प्रसाईं दुवैमाथि जबरजस्ती करणी र करणी प्रयास ससम्बन्धी मुद्दा चलाइने कालिमाटीका डिएसपी प्रदीप क्षत्रीले जानकारी दिए।