रोजगारीको शिलशिलामा संयुक्त अरब ईमिरेटस् (यू.ए.ई) मा बसोबास गर्दै आईरहेका ठकुरीहरुको साझा संस्था ठकुरी सहयोग सञ्जाल यू.ए.ईले बर्दियाकी १५ बर्षीया पाठेघर क्यान्सर पीडित एन्जिला शाहलाई नगद १ लाख ८० हजार सहयोग गरेको छ ।
मात्र कक्षा ९मा पढ्ने एन्जिला विगत ६ महिना देखि पाठेघरको क्यान्सरसंग लडिरहेको खबर पाएपछि ठकुरी सहयोग सञ्जालले उनको जिवन बचाउँन आर्थिक सहयोग गरेको हो ।
हाल काठमाण्डौको सिभिल अस्पतालमा उपचारार्थ रहेकी एन्जिलाको उपचारका लागि संकलित उक्त रकम उनका बुबा ओम विक्रम शाहलाई शुक्रबार हस्तानतरण गरिएको छ ।
रकम हस्तानतरणका लागि ठकुरी सहयोग सञ्जाल यू.ए.इ का बरिष्ठ सल्लाहकार विश्वदेव शाह नेपाल आएका थिए । रकम हस्तानतरण कार्यक्रममा ठकुरी सहयोग सञ्जालका केन्द्रिय अध्यक्ष रेशम जंग शाह, विदेश विभाग प्रमुख रामु शाही ठकुरी, सचिव सुमित्रा सिंह, केन्द्रिय सदस्य ऋद्धी राज शाही लगायतको उपस्थिती थियो ।
एन्जिला बचाऔं अभियानमा ठकुरी सहयोग सञ्जालको समन्वय मार्फत यस अघि ठकुरी समाज दक्षिण कोरिया र दर्शन ठकुरी समाज कुवेतले आर्थिक सहयोग गरिसकेका छन् भने हङकङ ठकुरी समाज र ठकुरी सहयोग सञ्जाल बाँकेले पनि अभियान चलाएको जानकारी सञ्जालको केन्द्रिय अध्यक्ष रेशम जंग शाहले दिए ।