शारीरिक रुपमा अशक्त हुनेहरुलाई जीविकोपार्जन भत्ता दिने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको निर्णय अझै सम्म पनि कार्यान्वयन हुन नसक्दा सरोकारवालाहरु विभिन्न मागसहित संघर्षको मैदानमा उत्रिएका छन् ।
निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मृगौलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक रु. ५ हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय कार्यान्वयन गर्न वर्तमान सरकारसँग माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
सरकारलाई सो जीविकोपार्जन भत्ता उपलब्ध गराउनुने सम्बन्धमा पटकपटक ज्ञानपपत्र र सरोकारवाला मन्त्रालयहरुलार्ई ध्यानाकर्षण सक्दा पनि आफ्नो माग सम्बोधन नभएका कारण थप संघर्षमा उत्रिनु परेको
स्पाइनल कर्ड इन्जुरी संघर्ष समितिले जनाएको छ ।
संघर्षका कार्यक्रमहरुमा हिजो नारायणटार–जोरपाटीमा खण्डमा विरोध कार्यक्रम आयोजना गरिएको थियो । जेठ १२ गते शनिवार(हिजो) जोरपाटी–साँखु सडक अपांग मैत्री बनाउने माग गरिएको थियो । जेठ १३ गते (आइतवार) आज बिहान ९ बजे माइतीघर मण्डलामा बृहत ¥याली तथा बिरोध सभा आयोजना गरिएको जानकारी स्पाइनल कर्ड इन्जुरी संघकी अध्यक्ष गायत्री दाहालले जानकारी दिनुभयो ।