काठमाडौं, २० जेठ । पूर्वगृहमन्त्री दानबहादुर शाहीको ७६ वर्षको उमेरमा निधन भएको छ । शाहीको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा शाहीको मृत्यु भएको अस्पतालले जानकारी दिएकाे छ ।
नेपाली समयदेखि श्वासप्रश्वास, मिर्गौला, मुटु रोगबाट पीडित शाहि १ हप्ताअघि अस्पताल भर्ना भएका थिए ।
शाही २०६० सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा गृहमन्त्री थिए ।