काठमाडाैं ।
संघीय सरकारका बन मन्त्री शक्तिबहादुर बस्नेतले फोहोर गर्नेको फोटो खिचेर भाइरल बनाउन आग्रह गर्नुभएको छ । मन्त्री बस्नेतले सरसफाईका लागि नागरिक आफैं सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौंमा विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले शहर सफा राख्ने योजनामा हातेमालो गर्न समेत आग्रह गर्नुभयो । उहाँले घरबाट फोहोर फाल्ने प्रवृत्तिको अन्त्य गर्नका लागि पनि आवस्यक रहेको उल्लेख गर्नुभयो । उहाँले कसैले फोहोर गरेको देखे फोटो खिचेर भाइरल बनाउन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले क्लिन सिटी, ग्रीन सिटीको अवधारणामा काम गर्न आग्रह गर्नुभयो । उहाँले प्रत्येक वडामा २० वटा रुख रोप्नै पर्ने अभियानलाई प्राथमिकतामा राखिएको समेत जानकारी दिनुभयो ।
स्वच्छ शहर निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकारले समन्वयमा काम गर्नुपर्ने सहभागीहरुले बताएका थिए ।