काठमाडाैं ।
अष्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका नेपाली दम्पति शेष घले र जमुना घले त्यहाँको ८१ औं धनी सुचीमा परेका छन् । बिगत लामो समयबाट अष्ट्रेलियामै ब्यावसाय गर्ने घले गत बर्ष धनी सुचीको १०१ औं स्थानमा रहेका थिए ।
यो बर्ष उनीहरु २० स्थान माथि चढ्दै ८१ औं धनीको सुचीमा स्थान बनाएका हुन् ।अष्ट्रेलियाको फाइनान्सीयल रिभियूका अनुसार घले दम्पतीको कुल सम्पति ८ सय ७६ मिलियन डलर पुगेको छ । रिभियूका अनुसार उनीहरुको सम्पति गतवर्षको भन्दा ३५ दशमलव ४ प्रतिशतले बढेको हो ।
प्रवासी नेपालीहरुको संगठन एनआरएनका अध्यक्ष भईसकेका घलेको मेल्बर्नमा मेल्बर्न इन्स्टिचुट अफ टेक्नोलोजी नामक शैक्षिक संस्था पनि रहेको भने घरजग्गा लगयतका व्यवसायमा समेत उनिहरु काम गरिरहेका छन्। अष्ट्रेलियन धनिको सुचीमा भने एन्थोनी प्राट पहिलो नम्बरमा रहेका छन् ।