WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडाैं ।
इण्डियन प्रिमियर लिग (आईपीएल)को ११ औँ संस्करणको उपाधिका लागि आज आइतबार उपाधिको लागि सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्स भिडन्त हुँदै छ ।
दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई हराउँदै हैदरावाद आईपीएलको फाइनलमा पुगेको थियो भने, क्वालिफायर १ मा हैदराबादलाई हराउँदै चेन्नई फाइनल पुगेको थियो ।
यसअघि चेन्नाईले दुई र हैदरावादले एक पटक आइपीएलको उपाधि जितिसकेका छन् । जारी प्रतियोगितामा चेन्नाई र हैदरावाद तीन पटक आमने–सामने भइसकेका छन् । तीनैपटक चेन्नाई विजयी भएको थियो ।