बर्दियाकी १५ बर्षिय पाठेघर क्यान्सर पिडित एन्जिला शाहलाई रोजगारी तथा अध्यनको शिलशिलामा दक्षिणकोरियामा बसोबास गर्ने ठकुरीहरुको संस्था ठकुरी समाज दक्षिण कोरियाले एक लाख असी हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । दक्षिण कोरियमा संकलन गरिएको सहयोग रकम लिएर ठकुरी समाज दक्षिण कोरियाका संस्थपक सदस्य सि.बी मल्ल नेपाल आएका थिए ।
एन्जिला उपाचार्थ रहेको राजधानीको नयाँबानेश्वर स्थित सिभिल अस्पतालको सैयामै पुगेर ठकुरी समाज दक्षिण कोरियाको तर्फबाट संस्थापक अध्यक्ष बिक्रम सिंह ठकुरी, पूर्व अध्यक्ष सर्वजीत शाह, संस्थापक सदस्य सि.बी मल्ल, सदस्य दिनेश शाह ,राजन बहादुर मल्ल लगायतको टोलीले एन्जिलाका बुबा ओम विक्रम शाह र आमा कमला शाहलाई सहयोेग रकम हस्तान्तरण गरेको थियो ।
सहयोग रकम हस्तान्तण कार्यक्रममा विश्व ठकुरी समुदायको साझा थलो ठकुरी सहयोग संजालका केन्द्रिय अध्यक्ष रेशम जंग शाह लागयत अन्य प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो । संजालका अध्यक्ष शाहले हंगकंग ठकुरी समाज, ठकुरी सहयोग संजाल यू.ए.यी., ठकुरी सहयोग संजाल बाँकेमा पनि एन्जिलाको उपचारमा सहयोग अभियान चलिरहको र अभियान बन्द भए पछि एकमुष्ठ सहयोग रकम हस्तान्तरण गर्ने जानकारी गराए ।
एन्जिलाका बुबा सामान्य यातायत क्षेत्रका सामान्य कर्मचारी हुन् । हालसम्म उनले छोरीको उपचारमा आठ लाख रुपैया खर्च भैसकेको बताए । साथीभाई तथा संघसस्थाहरुको सहयोगले मात्र उनको उपचार प्रकिया नियमित गर्न सकेको जानकारी उनले गराए ।