काठमाडाैं ।
सप्तरी बेल्ही चपेना गाउँपालिका– १ मा ट्र्याक्टरको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।
मृत्युहुनेमा स्थानीय जीतन यादवको ११ वर्षीय छोरा ब्रम्हदेव यादव रहेका छन ।
स १ त ५०८४ नं को ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका यादवको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकाले उनको खोजी भइरहेको जिप्रकाले जनाएको छ ।