काठमाडाैं ।
भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले प्रदेश नं ३ का सवै सडकलाइृ धूलोमुक्त पार्न विशेष तयारीमा लागेका छन् । विशेष गरी उपत्यकाका सडक पछिल्लो समय सडक निर्माण तथा फराकीलो बनाईने प्रक्रियामा गएको कारण धुलाम्मे हुँदा जनताले धेरै शास्ती भोग्नुपरीरहेको छ ।यस्तैमा पूर्वाधार विकास मन्त्री केशव स्थापितले सडकलाई धूलोमुक्त पार्न अमेरिकी कम्पनी स्टेडफास्टसँग सम्झौता गर्ने तयारी गरेका हुन् ।
अमेरिकी कम्पनी स्टेडफास्टले अपनाउने प्रविधिले कम्तीमा पाँच वर्षसम्म सडकमा कुनै समस्या नआउने र यदि समस्या देखिएमा कम्पनीले क्षतिपूर्ती दिने ग्यारेन्टी गरेको र सडक निर्माणमा प्रयोग गरीने एग्री विन्ड नामक केमिकलको प्रयोग गरेर बनाईएको सडक कोस्टरिका, रोमानिया इक्वेडर लगायतका देशहरुमा समेत रहेको बताईएको छ ।
शनिबार गोकर्ण रिसोर्टमा प्रदेश मन्त्रालयले जनप्रतिनिधिहरुको सडक निर्माणमा अपनाईने प्रविधिबारे जनप्रतिनिधिहरुलाई जानकारी दिन बोलाईएको बैठकमा मन्त्री स्थापितले ठेकेदारहरुको मुख ताक्न नहुने र यसको अन्त्य गर्न प्रदेश सरकारले नै निर्माण कम्पनी स्थापनाको तयारीमा जुटेको बताए ।