काठमाडाैं ।
यातायात व्यवस्था कार्यालय नारायणीले चालु आर्थिक बर्षको वैशाखसम्म उल्लेख्य राजश्व संकलन गर्न सफल भएको छ ।
कार्यालयले चालु आर्थिक बर्षको २०७४ साल साउनदेखि ७५ साल वैशाखसम्म ११ करोड ४७ लाख १८ हजार ५ सय रुपैयाँ राजश्व संकलन गर्न सफल सफल भएको सूचना अधिकारी रोहित कोइरालाले जानकारी दिनुभयो । कार्यालयले प्रतिलिपी, नवीकरण, नयाँ लाइसेन्सलगायत बिभिन्न प्रक्रियाबाट उल्लेख्य राजश्व संकलन गरेको हो ।
काठमाडौंको उपत्यका पछि सबैभन्दा बढी सेवाग्राही पुग्ने कार्यालयकोरुपमा नारायणी यातायात कार्यालयलाई लिने गरिन्छ ।