काठमाडाैं ।
प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ बाट गएराति दुई हजार लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदी र सशस्त्र प्रहरी बल बेस क्याम्प गोलबजारका सशस्त्र प्रहरी निरीक्षक जनक बस्नेतको संयुक्त गस्ती टोलीले गोलबजार नगरपालिका–६ मा अवैध रूपमा सञ्चालित घरेलु मदिरा भट्टीमा छापामारी करिब रु २० लाख मूल्यबराबरको दुई हजार लिटर घरेलु मदिरा नष्ट गरेको हो ।
अवैध रूपमा घरेलु मदिरा भट्टी सञ्चालन भइरहेको सूचनाका आधारमा भट्टीमा छापामारी मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।