काठमाडाैं ।
बुटवलको लुम्बिनी अञ्चल अस्पतालबाट अन्य अस्पतालमा रिफर हुने बिरामीको लागि एम्बुलेन्स खोजेको समयमा पाइदैन र महँगो भाडा तिरेर ट्याक्सीमा जानु पर्छ ।
तर अस्पतालमा परिषरमा रहेको एम्बुलेन्स भने बिरामी बोक्न नभै चालकहरुको तास खेल्ने अखडा बनेको छ । अस्पतालमा पुगेका बिरामीले एम्बुलेन्स भएपनि चालकहरु नभएको गुनासो गरेपछि बुधबार बुटवल स्थीत टिभी जर्नलिष्ट कुष्ण पाण्डे अस्पताल परीसरमा पुग्दा एम्बुलेन्स पार्कीङमा राखेर एम्बुलेन्स चालकहरु लु १ च ९५३८ नम्बरको एम्बुलेन्समा तास खेलीरहेका थिए ।
मणिग्रामस्थीत परिर्वतन समाजद्धारा सञ्चालित एम्बुलेन्स अस्पतालको पार्किङमा राखेर चालकहरु तास खेलिरहेका थिए ।
तास खेल्नेहरुको टिममा एम्बुलेन्स चालक संघको टेड्र युनियन महासंघका केन्द्रीय कोषाध्यक्ष यदुनाथ भण्डारी समेत थिए ।
सरकारले जुवामा बन्देज लगाएको छ र जुवा खेल्नु आँफैमा पनि गलत हो । त्यस माथी अत्यावश्यक अवस्थामा बिरामी बोक्नु पर्ने एम्बुलेन्स चालकहरु नै अस्पताल परिषरमा एम्बुलेन्स भित्र जुवाको खाल जमाउनु सामान्य लापवरवाही होइन ।