घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय सल्यानद्धारा संचालित सिप पिकास तालिम समुदायमा आयआर्जन गर्न निकै प्रभाबकारी बनेकाछन् । कार्यालयले समुदायको मागका आधारमा तालिमहरु संचालन गरेका कारण तालिम प्रभाबकारी वन्दै गएका हुन् ।
हस्तकलावाट निर्मित सजावटका सामान निर्माण, होटल व्यवस्थापन, क्रिष्टल गहना, फेव्रिक माला, एड्भान्स व्युटिपार्लर, सिलाई कटाई, मौरी पालन, वेसिक व्युटिपार्लर, वासजन्य सामान निर्माण तालिम निकै प्रभाबकारी बनेका घरेलु कार्यालयको तथ्यांले देखाएको छ । यस्ता तालिम लिएका महिलाहरु आत्मनिर्भर तर्फ उन्मुख भएका छन्, त्यसैले तालिमको माग दिन प्रतिदिन बढ्दै गएको घरेलु कार्यालयका वरिष्ठ उद्योग अधिकृत प्रदीप न्यौपानेले बताए । सल्यान जिल्लाका १० स्थानिय तहमा समुदायको माग अनुसार स्थानिय सरकारसँग सहकार्य गर्दै सिपविकास तालिम संचालन गर्ने छौ ,प्रत्येक तालिम १० जनालाई दिने लक्ष्य कार्यालयको भएपनि १२ देखी १८ जनालाई दिने गरेका छौ वरिष्ठ उद्योग अधिकृत न्यौपानेले भने ।
सिप विकाश तालिमका माध्यमवाट महिलाहरु मात्र आत्मनिर्भर भएका छैनन् पूरुषले पनि त्यसको फाईदा लिदै आएकाछन् । तालिमले सिप नहुनेका लागि सिप मात्र दिएको छैन उनिहरुको जिवनमा ठुलै परिवर्तन गरिदिएको छ । होटल व्यवस्थापन सम्वन्धि कुकिग तालिम सल्यान जिल्लामा निकै प्रभाबकारी भएको होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विकास डि.सि बताउछन् । आफनै घर आगमनमा घरेलु तथा साना उद्योग विकास समिति सल्यानले निःशुल्क रुपमा तालिम दिएपछि यतिवेला व्यवसायमा ठुलै परिवर्तन आएको उनले बताए । सिप हुँदा र नहुँदा व्यवसायमा धेरै परिवर्तन हुदो रहेछ वरिष्ठ उपाध्यक्ष डि.सीले भने ।
विगतमा घरेलु कार्यालयवाट आधारभुत सिप सिकेर व्यवसाय संचालन गर्दै आएकालाई एड्भान्स व्युटिपार्लर तालिम पश्चात व्यवसायमा ठुलै सुधार आएको छ । एड्भान्स तालिम सिकेपछी आफुले सहज रुपमा आम्दानी गर्न सक्ने र ग्राहकको मागलाई पुरा गर्ने बताउछिन प्रशिक्षार्थी हिरा श्रेष्ठ । एडभान्स व्युटिपार्लर तालिम पाएपछि खंलगामा सचालन गरेको व्यवसायमा सुधार हुने अपेक्षा उनकोे छ । प्रशिक्षक राम्रो भएकाले सहज रुपमा तालिम सिक्यौै, त्यसले गर्दा आगमी दिनमा व्यवसाय संचालनका लागि सहज वन्ने छ प्रशिक्षार्थी हिरा बताउछिन् । यस्तो वातावरण कार्यालयले बनाएको हो त्यसैले घरेलु कार्यालयले मेरो मात्र होईन म जस्ता अन्य दिदिवहीनिलाई सिप सिकाएर जिवनमा ठुलै परिवर्तन गरिदिएको छ । वेसीक तालिम लिएर मात्र व्यवसाय गर्दा र एड्भान्स तालिम पश्चात व्यवसाय गर्दा धेरै फरक हुदो रहेछ हिराले भनिन् ।
एड्भान्स व्युटिपार्लर तालिममा थे्रडिग सेफ, जुरो, विभिन्न स्टाईलका कटिग, विभिन्न तरिकाका फेसीयल, कपाल स्टेट, पम्प, विभिन्न प्रकारका मेकप, विभिन्न कपालमा राख्ने कलर, नेलआर्ट, हेयर ईस्टेशन लगायतका विषयहरु सिकाएको प्रशिक्षक सुनिता रानामगर बताउछिन् । प्रशिक्षार्थीलाई एक महिनामा तिन महिनाको कोष सिकाएको छु, त्यसैले यस तालिममा सहभागिले आगमी दिनमा व्यवसाय गर्न सक्षम भएका छन् प्रशिक्षक रानामगर बताउछिन् । प्रक्षिक्षार्थीलाई प्रयोगात्मक कक्षासँगै सैद्धान्तिक ज्ञान दिएकाले पनि उनिहरुलाई आगमी दिनमा व्यवसायमा कुनै समस्या नहुने रानाको भनाई छ ।
बागचौर नगर पालीका २ की निर्मला पुन हस्तकलावाट निर्मित सजावटका सामानहरु सिक्न पाउादा निकै खुसी भएकी छन् । घरेलु तथा साना उद्योग विकास समिति र वागचौर नगर पालिकाको संयुक्क्त आयोजनामा संचालन भएको यस तालिमवाट सिकेको सिपलाई सहज रुपमा प्रयोग गर्दा राम्रो आम्दानी गर्न सकिने र तालिम पश्चात व्यवसायी वन्ने चाहना उनको छ । यस तालिम पाएपछि आफनो जिवनमा ठुलो परिवर्तन भएको बताउदै निमलाले भनिन्, मलाई तालिमको धेरै आवश्यकता थियो, अव तालिम पाएको छु, यसलाई व्यवहारमा प्रयोग गर्दै आम्दानी गर्ने तर्फ लाग्ने छु ।
हस्तकलावाट निर्मित सजावटका सामान निर्माण तालिमका प्रशिक्षक रिता पन्तले तालिममा सहभागिलाई आफुले राम्रोसँग सिप दिएकाले आगमी दिनमा सक्षम व्यवसायी प्रशिक्षार्थी वन्ने बताईन् । तालिमका अवधिमा कुसन, उनका विभिन्न सजावटका सामान, फेव्रिक पेन्टिग, सिलाई कटाई, कटिग डिजाईन सिकाएको बताउदै प्रशिक्षक पन्तले भनिन,सिकेको सिपलाई प्रयोगमा ल्याउदा कम लगानीमा धेरै आम्दानी गर्न सकिने छ । घरमै फुसदको समयमा हस्तकलावाट निर्मित सजावटका सामान निर्माण गर्न सकिने भएकाले पछिल्लो समयमा यस्तो तालिमको माग सल्यान जिल्लाका स्थानिय तहमा बढ्दै गएकाले सिद्धकुमाख गाउँपालिका र वागचौर नगरपालिकामा सिप सिकाएको प्रशिक्षक पन्त बताउछीन् ।
कमला डाँगीले श्रीनगरमा व्युटि पार्लर संचालन गर्दै आएकीछन् । काठमाडौंमा तालिम सिकेको भएपनि तत्काल व्यवसाय संचालनका लागि सिकेको सिपलाई व्यवहारमा प्रयोग नगर्दा विर्सेको थिया,अहीले व्यवसाय नै शुरु गरेको समयमा यसलाई लागुु गरेर मनग्ये आम्दानी गर्ने छु कमलाले भनिन् । घरेलु कार्यालयवाटै क्रिष्टलको गहना,फेव्रिक माला र व्युटिसियन तालिम लिएकी कमला यतिवेला सल्यान जिल्लामा उदारणीय महिला बनेर काम गर्ने र सिप सिक्दा सहज रुपमा आम्दानी गर्न सकिने अन्य दिदिबहीनीलाई जानकारी दिदै आएकी छन् । पछिल्लो समयमा घरेलु कार्यालयद्धारा संचालनमा संचालन भएका तालिमहरु प्रभाबकारी हुनुमा प्रमुख पक्ष कुशल प्रशिक्षक भएर नै हो ।
हाम्रा धेरै दिदि बहीनिहरु गाउँ गाउँमा अझै पनि वेरोजगार रहेको अवस्थामा घरेलु तथा साना उद्योग विकास समितिद्धारा सल्यान जिल्लामा संचालनमा आएका तालिमहरु निकै प्रभाबकारी भएको बताउछन् घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय सल्यानका वरिष्ठ उद्योग अधिकृत प्रदीप न्यौपाने । सिकेको सिपलाई व्यवसायमा वदल्दा स्वदेशमै सुन फलाउन अर्थात राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको छ रहेकाले उद्यमीमा सृजनशिलता, लगनशिलता र धैयता हुँदा व्यवसाय अगाडी बढ्ने बताउदै वरिष्ठ उद्योग अधिकृत न्यौपानेले भने,कार्यालयले निःशुल्क सिप मात्र दिदैन आवश्यकता पहिचाहन गरी ८० प्रतिशत अनुदानमा उपयुक्त प्रविधि समेत हस्तान्तरण गर्ने गर्दछौ ।
घरेलु कार्यालयद्धारा सल्यान जिल्लामा संचालन भएका कार्यक्रमहरु निकै प्रभाबकारी भएका बताउछन् शारदा नगर पालिकाका प्रमुख शुरेस अधिकारी । कम लगानी गर्दा फुर्सदको समयमा महिलाले आयआर्जन गर्न सिप सिक्दा रहेछन भन्ने गतिलो उदारणका रुपमा कार्यालयले संचालन गरेका कार्यक्रमवाट जानकारी भएको बताउदै नगर प्रमुख अधिकारीले भने, सल्यान आर्थिक रुपमा समृद्ध बनाउन सिकेको सिपलाई महिलाहरुले प्रयोग गर्दा सम्भव रहेको छ । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले सिकेको सिपलाई प्रयोगमा लागु गर्दा महिलाहरुले आयआर्जन सहज रुपमा गर्न सक्ने बताए । सिप सिकेर त्यसै राख्ने होईन त्यसलाई तत्काल व्यवहारमा लागु गर्दै लघु, घरेलु तथा साना उद्योगको माध्यमवाट रोजगारीको अवसर सृजना हुने भएकाले घरेलु कार्यालद्धारा दिईएका सिप विकाश तालिमहरु निकै प्रभाबकारी भएको बताउछन् प्रमुख जिल्ला अधिकारी घिमिरे ।
जिल्लामा चालु आर्थिक वर्षमा उद्यमी विकास कार्यक्रम, उद्योग प्रवद्र्धन कार्यक्रम, भगत सर्वजित सिप विकास कार्यक्रम, गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, प्रविधि हस्तान्तरण जस्ता विभिन्न कार्यक्रम संचालन गरेको घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय सल्यानका वरिष्ठ उद्योग अधिकृत प्रदीप न्यौपानेले बताए । जिल्लाका १० स्थानिय तहमा ४ सय ६० उद्यमी निर्माण गर्ने र ४० जनालाई उपयुक्त प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम चालु आर्थिक वर्षमा कार्यक्रम रहेकाले सिप सिकेका व्यक्तिहरुलाई यसको लाभ लिन न्यौपानेले आग्रह गरेकाछन् । परनिर्भर हुने होईन सिकेको सिपलाई व्यवहारमा लागु गर्दा मनग्ये आम्दानी गर्न सकिने र उद्यमी बनेर आत्मनिर्भर बन्ने कार्यमा लाग्दै घरेलु कार्यालयले दिएको सिप विकाश तालिमवाट धेरैको जिवनमा परिवर्त भएको वरिष्ठ उद्योग अधिकृत न्यौपाने बताउन् ।
सल्यानको वागचौर नगरपालिकामा सिप विकास तालिम शुरु
सल्यान, घरेलु तथा साना उद्योग विकास समिति र बागचौर नगर पालिकाको सयुक्त्त आयोजनामा हस्तकलावाट निर्मित विभिन्न सजावटका सामान निर्माण गर्ने, दलितका लागि लक्ष्क्षीत मोवाईल मर्मत र मोटरसाईकल तालिम संचालन भएका छन् । वागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकिले पानसमा दिप प्रज्वलन गरी सो तालिमको उद्घाटन गर्नुभएको थियो ।
घरेलु तथा साना उद्योग विकास समितिका उपकार्यकारी निर्देशक नारायणमणि लामिछानेको सभापतित्वमा सम्पन्न सो उद्घाटन कार्यक्रममा वागचौर नगरपालिकाका उप प्रमुख कल्पना पुन, घरेलु तथा साना उद्योग विकास समिति सल्यानका वरिष्ठ उद्योग अधिकृत प्रदीप न्यौपाने, घरेलु समिति रुकुमका कार्यालय प्रमुख लक्ष्मण शर्मा लगायतकाले सिप सिकेर व्यवहारमा लागु गर्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभएको थियो ।
हस्तकलावाट निर्मित विभिन्न सजावटका सामान निर्माणका लागि ११ जना,दलितका लागि लक्ष्क्षीत मोवाईल मर्मतका लागि ११ जना र मोटरसाईकल मर्मत तालिमका लागि १० जना सहभागि भएकाछन् । दलित समुदायका लागि सिपसँगै प्रशिक्षार्थीलाई आवसीय व्यवस्था गरीएको कार्यालयले जनाएको छ । सिपका माध्यमवाट रोजगारी प्रदान गर्ने उदेश्यका साथ तालिम संचालन गरीएको हो ।