नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औं वार्षिकोत्सवको अवशरमा पोखरा शाखा र पेशागत वीमा अभिकर्ता संघ पोखराको संयुक्त आयोजनामा शुक्रबार खुल्ला रक्तदान कार्यक्रममा सम्पन्न भएको छ ।.
कार्यक्रममा ८२ युनिट रगत संकलन भएको छ । यस अघि रक्तदान कार्यक्रमको उदघाटन गर्दैे रक्त संचार केन्द्र क्षेत्रियकार्यालय पोखराका प्रमुख ध्रुव लामिछानेले रक्तदान कार्यक्रम गरेर संस्थाले सामाजीक दायीत्व निभाएको र यो काम उदाहरणीय भएको समेत बताउनु भयो । उहाँले कम्पनीको १८ औ वार्षिकोत्सवको अवशरमा कम्पनीको सफलताको कामना समेत गनु भएको थियो ।
अभिकर्ता संघ पोखराका सभापती तारा देवी बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल लाइफ पोखरा क्षेत्रीय कार्यालयका प्रमुख सोन बहादुर मगर, निप्स पोखरा च्याप्टरका अध्यक्ष केशवराज ढकाल, सामाजिक अभियान्ता हरिशचन्द्र शर्मा, डिजिटल साउण्ड एण्ड भिजन प्रवन्ध निर्देशक मनोहर प्रसाद क्षेष्ठ, निप्स पोखराका निवर्तमान अध्यक्ष सुनयना पालीखे लगाएतले नेपाल लाइफ इन्स्योरेन्स र पेशागत वीमा अभिकर्ता संघ ले रक्तदान कार्यक्रमको आयोजना गरेर पोखरा देखीने रगत अभावलाइ न्युनी करणमा सहयोग गरेको भन्दै सो कार्यको प्रशंसा गरेका थिए ।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स पोखरा शाखा प्रमुख अनन्त अधिकारी, सिनियर एजेन्सी मेनेजर नेत्र प्रसाद ढकाल, अभिकर्ता संघ कास्कीका सचिव दामोदर सापकोटा लगाएतले पनि बोल्नु भएको थियो ।
यसैविच कर्मचारी र अभिकर्ताहरुले १८ औ वार्षिकोत्सवको केक काटेर एक आपसमा जन्मदिन समेत मनाएका थिए ।.