बैशख २१, काठमाण्डौ । विश्व ठकुरी समुदायको साझा थलो ठकुरी सहयोग संजालले विश्व भरिका संपुर्ण ठकुरीहरुको तथ्याङ्क संकलन गर्ने भएको छ । सरकारको जनगणना अनुसार ठकुरीहरुको अधिकारिक तथ्याङ्क प्राप्त नभएकोले संस्था आफैले तथ्याङ्क संकलन गर्न लागेको ठकुरी सहयोग संजालले बताएको छ ।
तथ्याङ्क अनुसार देशका ७७ वटै जिल्लामा ठकुरीहरुको बस्ती रहेको छ । साथै बसाइ सराइ तथा रोजगारीको शिलशिलामा बिदेशमा समेत ठक्ुरीहरुको ठुलो बस्ती रहेको पाइएको छ । ठकुरी सहयोग संजालले संपुर्ण ठकुरीहरुलाई आधुनिक परिचय–पत्र समेत वितरण गर्ने छ । ठकुरीहरुको वंश, गोत्र, कुल र पारिवारिक विवरण समावेश गरेको स्मार्ट कार्डलाई मेसिनले रिड गर्न सक्नेछ । जसको लागि आवश्यक उपकरण सहित संपुर्ण तयारी पुरा भएको संजालका अध्यक्ष रेशम जंग शाहले बताए ।
ठकुरी सहयोग संजालले हाल सम्म देशका विभिन्न ७ जिल्लामा र प्रवाशमा कतार र यु.ए.ई मा आफ्नो संगठन विस्तार गरिसकेको छ भने यो वर्ष देशका २५ जिल्लामा आफ्नो संजाल विस्तार गर्ने लक्ष राखेको छ । यो वर्ष करिव दश हजार स्मार्ट ठकुरी परिचय–पत्र वितरण गर्ने लक्ष लिएको संजाले आगामी पाच वर्ष भित्रमा विश्व भरिको संपुर्ण ठकुरीहरुलाई परिचय–पत्र उपलब्ध गराउने लक्ष राखेको छ ।
ठकुरी परिचय पत्र लिनको लागि संजालको केन्द्रिय कार्यलय नक्साल काठमाण्डौ तथा शाखा कार्यलयहरुमा नागरिताको प्रतिलिपी सहित लेखित आवेदन दिन सकिने छ तथा संजालको वेवसाईट www,thakurisanjal.com मा गएर पनि अनलाई आवेदन दिन सकिने छ ।