काठमाण्डौ, बैशाख १३, विश्व ठकुरी समुदायको साझा संगठन ठकुरी सहयोग संजालले २०७२ को महाँभुकम्पमा ज्यान गुमाउनेहरुको सभ्झना गरेको छ । हिजो बैशाख १२ गते संजालको कार्यलय नक्साल नजिक रहेको भगवती वाहल मन्दिरमा मौन धारण तथा दिप प्रज्वलन गरेर भुकम्पमा ज्यान गुमाउनेहरु प्रति श्रद्धान्जली अर्पण गरेर उनीहरुको आत्माको शान्तीको कामना गरेको छ ।
बिशेषत ठकुरी सहयोग संजाले महाँभुकम्प पश्चात सबै पिडित समुदायलाई उद्धार, राहत तथा पुनर्वास कार्यक्रमको सेवा पुराएको कारण भुकम्प पिडित र संजालको आत्मिय संवन्ध रहेको कारण हरेक वर्ष संजालले दिप प्रज्वलनको कार्यक्रम गर्दै आइरहेको छ । दिप प्रज्वलन कार्यक्रममा संजालका केन्द्रिय अध्यक्ष रेशम जंग शाह, सल्लाहकार परिसदका सदस्यहरु बिजय कुमार श्रीनेत, सन्तोष सेन, चक्र बहादुर चन्द, किरण शाह, धनधोज मल्ल, बिष्णु ठकुरी लगायत करिब तीन दर्जन ठकुरीहरुको उपस्थिती रहेको थियो ।
तस्विरहरु :